हामी आफ्नो अधिकार र पहिचानका लागि लड्छौँ : उपेन्द्र यादव

काठमाडौँ, १७ असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको बताएका छन् ।

प्राप्त उपलब्धिको रक्षाका लागि, अधिकार र पहिचानका लागि सङ्घर्ष गर्नुपर्ने बेला आएको बताए । जनमत पार्टीको दोस्रो महाधिवेशनको उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै उनले नेपालमा अझै पनि मधेसी उत्पीडनमा रहेको धारणा राखे । अब आफ्नो अधिकारका लागि सबै मिलेर सङ्घर्ष गर्नुपर्ने बताउँदै उनले जनमत पार्टी र जसपा नेपालको धेरै कुरामा समानता रहेको धारणा राखे । यति समानता रहँदा पनि एक साथ किन नरहेको भन्दै उनले अब एक आपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

उनले भने, ‘हामी आफ्नो अधिकार र पहिचानका लागि लड्छौँ, त्यसका लागि अग्रगामी मोर्चा गठन गरेको छौँ र एक साथ अगाडि बढ्ने प्रयास भइरहेको छ ।’ मधेस आठ जिल्लामा मात्र सीमित नरहेको भन्दै उनले मेचीदेखि महाकालीसम्मको भूभाग मधेस रहेको बताए ।

‘सरकार र तत्कालीन मधेसी मोर्चाबिच भएको आठ बुँदे सम्झौतामा एक मधेस एक स्वायत्त प्रदेशको सम्झौता भयो । संविधानका लेखनदासहरूले मधेसीको हत्या गरेर संविधान लेखेका हुन्’ उनले भने, ‘जबरजस्ती मधेसलाई आठ जिल्लामा कायम गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र