पानी कतिसम्म र कसरी पिउने ?

काठमाडौँ, २० वैशाख । पानी मावन जीवनमा अनिवार्य छ । तसर्थ हामीले बेलाबेलामा पानी पिइरहनु पर्दछ । तर कतिसम्म र कसरी पानी खाने ?

आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन ३ लिटर र ठूलो ज्यान भएकाहरूले ४ लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ ।

निम्न अवस्थामा पानी पिउनु हुँदैन–

– कतै बाहिरबाट हिँडेर आउनासाथ
– कुनै काम गर्दा बेस्कन थाकेको बेला
– कुनै व्यायाम वा खेलपछि असिनपसिन भएको बेला
– कुनै पनि कडा शारीरिक श्रम गरेर आउनसाथ
– ओच्छ्यानमा पल्टिएको बेला
– दिसा वा पिसाब गरेर आउनासाथ
– दूध खाइरहेको बेलामा
– चिया खादैँ गरेको बेलामा
– चना खाइरहेको बेलामा
– कुनै पनि भोजन गरिरहेको बेला
– भोजन गरी सक्ने बित्तिकै
– व्रत सकिनासाथ एकै पटक धेरै पानी नपिउने

पानी पिउने सही तरिका

–जसरी हामी बसेर खाना खानै गर्छाैं, त्यसरी नै हामी बसेर पानी पिउन सक्छौं । सकेसम्म दिनभरि पानीको घुड्की लिइरहन सकिन्छ । एकैपटक धेरै पानी पिउँदा शरीरमा पर्याप्त पानी अवशोषित नहुन सक्छ ।

– पानीको तापमानको कुरा गर्दा मनतातो पानी खानु उपयुक्त हुन्छ । या त कोठाको तापक्रम जति पानी पिउन सकिन्छ । तर धेरै चिसो र बर्फयुक्त पानी पिउनु हुँदैन । चिसो पानी पिउँदा शरीरको सबै भागमा रगत नपुग्न सक्छ ।

–भोजन गर्ने बेलामा र भोजन लगत्तै पर्याप्त पानी नपिउनुहोस् । तर भोजनको बीचमा पानी पिउन सकिन्छ ।

– यो बिर्सनु हुन्न कि तपाईंको शरीर ५० प्रतिशत भोजनबाट, २५ प्रतिशत पानीबाट र २५ प्रतिशत पाचक रसको साथमा भरिएको हुन्छ ।

दिनमा कति पानी पिउने ?

केही सिद्धान्तका अनुसार हामीलाई हरेक दिन कमसेकम आठ गिलास पानी पिउनुपर्छ भन्ने मानिन्छ । जसले गर्दा तपाईंको शरीर विषरहित, छाला पोषित हुने र हाइड्रेटेड गर्न समेत मद्धत गर्ने गर्छ । तर आयुर्वेदले यसलाई स्वीकार्दैन ।

आयुर्वेदका अनुसार पानी एक अनिवार्य तत्व हो । तर अत्यधिक पानीको सेवाले तपाईंलाई भोको महसुस नगराउला तर अपच हुने सम्भावना भने धेरै हुन्छ । चरक संहिता, सुश्रुत संहिता जस्ता शास्त्रहरुले यसबारेमा उल्लेख गरेका छन् । उनीहरुले शरीरमा जतिबेला प्यास बढ्छ त्यतिबेला पानी पिउन सकिने र त्यो नै पर्याप्त हुने बताउँछन् ।

धेरै पानी पिउनुले कफ र बात रोगको समस्या बढ्न सक्ने सम्भावना पनि रहन्छ, जसले शरीरमा पाचन शक्तिलाई प्रभावित गराउने गर्छ । त्यसैले पानीमा तृप्त भएपछि जबरजस्ती पानी पिइरहनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बेइजिङ, ३१ असार । भारतका विदेशमन्त्री एस. जयशंकरले मंगलबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेटेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म

एजेन्सी, ३१ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको युद्ध अन्त्यको लागि ५० दिने समयसीमा दिएका छन्

केन्टकी, ३० असार । केन्टकीस्थित एक चर्चको परिसरमा भएको गोलाबारीमा दुई महिलाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा अन्य

एजेन्सी, ३० असार । इरानका राष्ट्रपति मासुद पेजेश्कियन इजरायलको आक्रमणमा सामान्य घाइते भएको खबर सार्वजनिक भएको छ । इरानको सरकारी