मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १५ वैशाख । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मृत्यु भएको छ ।

प्रहरीका अनुसार महोत्तरीको बर्दिबास नगरपालिका-५ टुटेश्वर जंगलस्थित सडकमा प्रदेश २-०३-००७ प ३३६९ नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा चालक सर्लाही बागमती नगरपालिका-४ बस्ने २२ वर्षीया स्मृति कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको शुभ स्वस्थिक अस्पताल बर्दिबास हुँदै काब्या अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको शुभ स्वस्थिक अस्पताल बर्दिबासमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ बैशाख । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा

एजेन्सी, १९ बैशाख । अमेरिकी रक्षा विभागले जर्मनीबाट ५ हजार सैनिक हटाउने निर्णय गरेको छ । यो निर्णय यस्तो समयमा

एजेन्सी, १८ बैशाख । इरानले अमेरिकाविरुद्ध कडा चेतावनी दिँदै पुनः सैन्य आक्रमण गरिए लामो र पीडादायी प्रहार गरिने बताएको छ ।

एजेन्सी, १८ बैशाख । इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले एक लिखित सन्देशमा इस्लामिक गणतन्त्रसँगको युद्धमा अमेरिका पराजित भएको दाबी