एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी

खोटाङ, १ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् ।  

शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई चयन गरेको हो । अध्यक्षमा राईले तीन सय ३९ मत प्राप्त गेका थियो भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मत पाए । उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भएका छन् । पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । 

एक उपसचिवका लागि सात जनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी भए । समावेशी उपसचिवमा कविता राई विजयी भएका हुन्। आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिए । दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी भए । दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी भइन् ।

खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी भए । खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भए । पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ६ असोज  । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,