नेकपा केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौँ, ६ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ ।

पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ । उनका अनुसार रसुवा बाढी पहिरोपछिको अवस्था, यसबारे सरकारको कामकारबाही, पार्टीले खेलेको भूमिका र आगामी दिनमा गर्ने काम तथा सरकारलाई दिने सुझावको विषयमा छलफल गर्न लागिएको छ ।

बाढी पहिरो पीडितको राहत, उद्धार पुर्नस्थानपाको विषयमा सरकारको कामको मूल्यांकन र पार्टीको भूमिको समीक्षा हुनेछ । यसबाहेक आन्तरिक संगठनात्मक सवाल, पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र