अमेरिका, ६ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा नेपाल र भुटानबिचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको हो ।
भेटमा दुवै नेताले दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान रेका थिए। साथै, जलवायु परिवर्तनका कारण बढ्दो आवृत्ति र तीव्रताका प्राकृतिक विपद्का विषयमा समेत छलफल भएको थियो।
नेपाल र भुटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।






