रास्वपाका नेता-सदस्यले कानून बर्खिलाप काम गरे अरूलाई भन्दा बढी कारबाही गर्नू: गृहमन्त्री लामिछाने

पर्सा, ३० चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता—कार्यकर्ताले कानून बर्खिलाप काम गरे अरूलाई भन्दा बढी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

पर्सामा बिहीबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिको आडमा कानूनको बर्खिलाप काम नगर्ने निर्देशन दिएका हुन् । पार्टी सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले सूचना संकलन, सेवा प्रवाह, सुशासन कायम आदिका लागि स्थानीयस्तरमा प्रशासन/प्रहरीलाई सहयोग गर्न पनि नेता/सदस्यलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘हामी सरकारमा देश र जनताको पक्षमा काम गर्न गएका हौं, पार्टी नेता र सदस्यको काम गर्न होइन । त्यसैले व्यक्तिगत लाभ र हानीको काम लिएर कोही पनि नआउनु होला । पार्टी सरकारमा भएको लाभ कुनै पनि नेता/सदस्यलाई हुने छैन । कसैले पार्टीलाई दबाब र प्रभावमा पार्ने, अनुचित फाइदा लिन खोज्ने र प्रहरी/प्रशासनलाई दुरूपयोग गर्न खोजे तिनको सदस्यता नै खारेज गरिनेछ ।’


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक