रास्वपाका नेता-सदस्यले कानून बर्खिलाप काम गरे अरूलाई भन्दा बढी कारबाही गर्नू: गृहमन्त्री लामिछाने

पर्सा, ३० चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता—कार्यकर्ताले कानून बर्खिलाप काम गरे अरूलाई भन्दा बढी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

पर्सामा बिहीबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिको आडमा कानूनको बर्खिलाप काम नगर्ने निर्देशन दिएका हुन् । पार्टी सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले सूचना संकलन, सेवा प्रवाह, सुशासन कायम आदिका लागि स्थानीयस्तरमा प्रशासन/प्रहरीलाई सहयोग गर्न पनि नेता/सदस्यलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘हामी सरकारमा देश र जनताको पक्षमा काम गर्न गएका हौं, पार्टी नेता र सदस्यको काम गर्न होइन । त्यसैले व्यक्तिगत लाभ र हानीको काम लिएर कोही पनि नआउनु होला । पार्टी सरकारमा भएको लाभ कुनै पनि नेता/सदस्यलाई हुने छैन । कसैले पार्टीलाई दबाब र प्रभावमा पार्ने, अनुचित फाइदा लिन खोज्ने र प्रहरी/प्रशासनलाई दुरूपयोग गर्न खोजे तिनको सदस्यता नै खारेज गरिनेछ ।’


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा