पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

पोर्चुगल, २६ चैत । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको  मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् ।

शनिवार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर ज्यान गएकाे हो । त्यही ठाउँका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिवार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिए ।

बेपत्तामध्ये धनबहादुरको शव आइतवार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म बेपत्ता छन् । धनबहादुर र टेकबहादुरसहित अरु दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताए । धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।  आज लोकसेवा

काठमाडौँ, १ असार । नेकपा एमालेका उपमहासचिव योगेश भटटराईले ढुक्क रहन आग्रह गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनगर्ठन

काठमाडौँ, १ असार । सङ्घीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। दोस्रो अधिवेशनअन्तर्गत बस्न लागेको २३औँ बैठक सोमबार बिहान ११ बजेका

काठमाडौँ, १ असार । हाल नेपालको मौसममा विभिन्न मौसमी प्रणालीहरूको संयुक्त प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले