टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, १ असार । पोखरामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं १ का ५३ वर्षीय विष्णुबहादुर खत्री छन् ।

आज पोखरा–२७ डाँडाकोनाक अगाडि दुर्घटना भएको हो । विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको खत्रीले चलाएको बा८०प ३५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।