काठमाडौँ, १ असार । नेकपा एमालेका उपमहासचिव योगेश भटटराईले ढुक्क रहन आग्रह गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनगर्ठन पक्षधरलाई लोभीपापीको संज्ञा दिएपछि उपमहासचिव भट्टराईले त्यसको जवाफ सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
आज आफ्नो फेसबुक पेजमा कवितात्मक शैलीमा लोभपाप नभएको भन्दै ढुक्क रहन आग्रह गर्दै उनले पार्टी पुनर्गठन हुने र नफुट्ने पनि बताएका छन् ।
उनले लेखेका छन्-
ढुक्क रहनुहोस्
लोभ छैन
पाप छैन
पुनर्गठन हुनेछ
फुटने छैन
टुटने छैन
सबै मिल्ने छन
थप एकताबद्ध हुनेछन
सबैको सम्मान हुनेछ
मति सुध्रने छ
गति बढ्ने छ






