काठमाडौँ, ४ चैत । धुलिखेलमा आयोजित एक कार्यक्रममा लायन्स क्लब अफ बनेपाको पहलमा हार्ट क्लिनिक स्थापना तथा सञ्चालनमा सहयोगीदाताहरूलाई सम्मान गर्ने कार्यक्रममा नेपाल समाचारपत्रका सह सम्पादक भगवती तिमल्सिना लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
लायन्स क्लब अफ काभ्रे बनेपाको पहल र सक्रियतामा स्थापित बनेपा हार्ट क्लिनिक स्थापना तथा सञ्चालनमा सहयोग पु¥याएका व्यक्ति एवम् संघ सस्थाप्रति कृतज्ञता ज्ञापन गर्न आयोजित सम्मान कार्यक्रममा सहयोगीदाताहरूलाई धुलिखेलमा आयोजित एक कार्यक्रममा झण्डै एक सयलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले जनसहभागितामा हर्ट क्लिनिक खोलेर नेपालकै लागि नमूना काम गर्नुभएकोछ । जनसहभागिगता विना कुनैपनि काम गर्न सकिन्न । जब स्थानिय समुदाय, समाज, जनप्रतिनिधिको एकताले असम्भव काम पनि सम्भव हुन्छ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले भने जस्तै स्वास्थ्यलाई हेलचेक्राई नगरौं । उहाँले दिनुभएको सन्देशको पूर्णरुपमा पालना गरौं । उहाँले हालको सत्ता परिवर्तनलाई लक्षित गर्दै चलिराखेको मुटु फालेर अर्को मुटु हालेर पहिला भन्दा राम्रो चल्छ भन्नु मुख्र्याई हो भन्नुभयो । उहाँले राजनीतिमा पटक पटकको सत्ता परिवर्तनले बिकास सम्भव छैन । मेलमिलाप र इच्छा शक्तिकै कारण काम गर्न सकिन्छ भन्नुभयो ।
सोही अवसरमा हार्ट क्लिनिकका लागि आवश्यक उपकरण, जग्गा, उपलब्धीका लागि आर्थिक, भौतिक सहयोग गर्ने र जनचेतनाका लागि संचार माध्यमबाट सूचना संम्प्रेषण गर्ने सहयोगीदाताहरूलाई सम्मान पत्र प्रदान गर्नुभयो । बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले हार्ट क्लिनिक संचालनका लागि नगरपालिकाले १५ लाख आर्थिक सहयोग उपलब्ध गराउँनुका साथै सहकार्य गर्ने बताउँनुभयो । सोही अवसरमा मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले मुटुरोग लाग्नै नदिन या लागिहाले तत्काल उपचार गर्ने विधि छ । त्यतिमात्र नभै मुटुरोग लाग्छ लाग्दैन, हर्टयाट्याक आउँछ आउँदैन पनि परिक्षण गरेर पत्ता लगाउन सकिन्छ । आफ्नो स्वास्थ्यको उपचारमा हेलचेक्राई नगरौ भन्नुभयो । डा.रेग्मीले हार्टयाट्याकबाट भएका व्यक्तिलाई बचाउँन तत्काल १ घण्टाभित्र उपचारको पहुँचमा पुर्याउँनुपर्छ । काभ्रेमा त्यो सम्भावना कम भएकाले हर्ट क्लव र लायन्सको सयुक्त प्रयासमा बनेपामै प्रत्येक हप्ता मुटुरोग विशेषज्ञले क्लिनिक संचालन गर्दै आएको र आमागी दिनमा अस्पतालकै मोडलमा विस्तार गर्ने योजना रहेको बताउँनुभयो ।
सोही अवसरमा बरिष्ठ साहित्यकार मोहन दुवालले बनेपामा शुरु भएको हर्ट क्लिनिकलाई अस्पतालको रुपमा विस्तार गर्ने योजना सराहनिय भएको बताउँनुभयो । त्यसैगरी लायन्स डिष्ट्रिक ३२५ ए का डिष्ट्रिक गर्भनर सुनर्दशनधर प्रधानाङ्गले लायन्सले सक्दो सहयोग गर्ने बताउँनुभयो । सोही अवसरमा लायन्स डिष्ट्रिक ३२५ ए का पूर्व अध्यक्ष डा.शुशिला मल्लले विगतमा जस्तै आगामी दिनमा पनि साथ र सहयोग रहिरहने बताउँनुभयो ।