शोक प्रस्ताव पारित गरेर संसद् बैठक स्थगित

काठमाडौँ, ४ चैत । प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर आज बसेको बैठक स्थगित गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।

उपचारका क्रममा आइतबार बिहान ७ बजेर ५५ मिनेटमा मीनभवनस्थित सिभिल अस्पतालमा अन्सारीको निधन भएको जनता समाजवादी पार्टी (जसपा)ले जनाएको छ । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य चयन भएकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा अन्सारी सांसद बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

काठमाडौँ, २८ बैशाख । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी

काठमाडौँ, २८ बैशाख । आज नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगी बन्द भएको छ ।