नेपाल आउँदै अमेरिकी उपविदेशमन्त्री रोजर्स

काठमाडौँ, १२ जेठ । सरकार गठनको करिब दुई महिना पुग्न लाग्दा अर्का एक उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन् ।

अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि १६ जेठमा नेपाल आउन लागेकी हुन् । १३ चैतमा वालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि काठमाडौं भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनेछिन् । 

यसअघि वैशाखमा छुट्टाछुट्टै नेपाल आएका अमेरिकी अधिकारीहरू समीर पल कपुर र सर्जियो गोरभन्दा पनि रोजर्स माथिल्लो तहकी अधिकारी हुन् । सरकार गठनयता लगातार उच्चस्तरीय अमेरिकी अधिकारीहरूको नेपाल भ्रमण भइरहनुले कूटनीतिक वृत्तमा चासो बढाएको छ । 

उक्त कार्यक्रममा पर्वतारोहण कम्पनी, आउटडोर ब्रान्ड, पर्यटन क्षेत्रका सरोकारवाला र उद्योग साझेदारहरूले सगरमाथाको भविष्य कसरी निर्माण गरिरहेका छन् भन्ने विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।