आजको मौसम

काठमाडौँ, ४ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार अहिले बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा छिटफुट वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । आज सूर्योदय बिहान ६ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ ।  आन्दोलनले उग्र रूप लिएपछि महासंघले

काठमाडौँ, १४ बैशाख । सांसद उर्मिला माझीले श्वेता खड्का फाउन्डेसनको ऋणमा सिन्धुपाल्चोकको माझी बस्ती लिलामीमा पर्न लागेको भन्दै जोगाउन संसद्को

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’