हिमालमा प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता

काठमाडौँ, २७ फागुन । सगरमाथा आधार शिविर पुगेका महिलाले हिमाल स्वच्छ राख्न प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता जनाएका छन् ।

जलवायु परिवर्तनको असर न्यूनीकरणको अभियानका क्रममा सगरमाथा आधार शिविर पुगेर महिलाले यस्तो प्रतिबद्धता जनाएका हुन् । साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले वातावरणको शत्रु नै प्लास्टिक भएकाले यसको प्रयोग कम गर्न सकियो भने मात्रै पनि धेरै हदसम्म वातावरण प्रदूषण कम हुने बताइन् । मधेशी आयोगका सदस्य रेणुदेवी साहले जलवायु परिवर्तनको असरलाई कम गर्न हिमाल, पहाड र तराईका महिलाहरूले बेलैमा सोच्ने बेला आएको बताइन् ।

जलवायु परिवर्तनबाट महिला तथा बालबालिका सबैभन्दा बढी पीडित भएको भन्दै उनले समस्या समाधानका लागि महिलाहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिइन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १५ असार । भारतको अहमदाबादमा सम्पन्न ऐतिहासिक प्रथम विश्व योगासन प्रतियोगितामा नेपालको मान, मर्यादा र प्रतिष्ठा उच्च राख्दै ७९

काठमाडौँ, १५ असार । कलंकी पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ९० प ५३४१

काठमाडौँ, १५ असार । काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । पेप्सीकोलाको सूर्यमुखी

काठमाडौँ, १५ असार । ललितपुरमा हत्याको प्र्याङ्क भिडियो बनाएर झुट्टा अफवाह फैलाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।  जिल्ला प्रहरी