प्रधानमन्त्री प्रचण्डबाट राजनीतिक बेइमानी भयो : कांग्रेस

काठमाडौँ, २४ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काएर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ ।

आज बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई विश्वासघात गरेको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘कांग्रेस सबै गठबन्धनप्रति इमान्दार रह्यो । गठबन्धनमा भएका सहमतिमा हामी प्रतिबद्ध रह्यौं । तदअनुसार नै काम गरौं । प्रचण्डले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो । यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा लिएका छौं ।’

प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्यौलतामा धकेलेको ठहर गर्दै साथै कांग्रेस सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए । ‘प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएका छौं । यो विषय सम्मानीय सभामुखलाई जानकारी गराउँछौं,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार भारत भ्रमणमा जाने भएका छन् । भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक

काठमाडौँ, २८ चैत । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको

काठमाडौँ, २८ चैत । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको

काठमाडौँ, २७ चैत । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएकाे निर्वाचनमा उनी