कोरियन भाषाको परीक्षा तीन चरणमा हुने

काठमाडौँ, २४ पौष । कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा फारम भरेका सबैले सहभागिता जनाउन पाउने भएका छन् ।

पानीजहाजसम्बन्धी कामको परीक्षामा फेल भएका तर उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षाकाे फारम भरेकाहरु पनि समेटिने भएका छन् । वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विभाग (एचआरडी) बीचको बैठकले हिजो भाषा परीक्षासम्बन्धी विवाद टुङ्गो लगाएको हो । आउँदो माघ ६ गतेदेखि भाषा परीक्षा शुरु हुने र परीक्षा तीन चरणमा सम्पन्न हुनेछ । विभागका अनुसार एक लाख ६४ हजार जनाले भाषा परीक्षा दिन पाउने भएका छन्  ।

पहिलो चरणमा ४७ हजार, दोस्रो चरणमा ८० हजार र बाँकी तेस्रो चरणमा परीक्षामा सहभागी हुनेछन् । हरेक दिन एक हजार जनाको परीक्षा हुनेछ । पानीजहाज निर्माण अर्थात् शिप बिल्डिङ क्षेत्रमा पास नभएकाले गएको शुक्रवार पुस २० गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि फारम भरेका थिए । फारम भर्न नपाएको विषयलाई लिएर पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनामा दुई जना युवाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै