बेलायत रोजगारीमा जान ४५ नर्स छनोट

काठमाडौँ, २२ मंसिर । बेलायतमा रोजगारीका लागि ४५ जना नेपाली नर्स छनोट भएका छन् ।

६० जना नर्स अन्तर्वार्तामा सहभागी भए पनि ४५ जना मात्र छनोट हुन सफल भएका हुन् । हाललाई प्रयोगका रुपमा नेपालबाट १०० जना नर्सलाई पठाउने गरी बेलायत सरकारसँग सन् २०२२ को अगस्टमा समझदारी भएको थियो । ७७१ जनाले फारम भरे पनि अधिकांशले आवश्यक सबै कागजपत्र पेश नगरेको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ । सन् २०२४ को पहिलो त्रैमासदेखि छनोट भएका नर्स बेलायत जान थाल्नेछन् ।

आवश्यक कागजात पेश गरेका ७८ जनाको आवेदन स्वीकृत भएकामा योग्यता, क्षमता र अनुभवको मूल्यांकन गरेर अन्तर्वार्ताका लागि ७१ जनाको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो । जसमध्ये ६० जना अन्तर्वार्तामा सहभागी भएका थिए । उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो । आवेदन दिँदा कम्तीमा दुई वर्षको अनुभव, अंग्रेजी भाषा परीक्षा पास गरेको प्रमाणपत्र पेस गर्नुपर्छ । तर, अधिकांश नर्सलाई भाषाको मापदण्ड पूरा गर्न समस्या परेको देखिएको विभागका अधिकारीहरु बताउँछन् ।

नेपाल र बेलायतबीच भएको समझदारी अनुसार आवेदन दिन कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्छ । दुई वर्षको कार्य अनुभव (वर्किङ एक्सपिरियन्स) पनि अनिवार्य रूपमा पेश गर्नुपर्छ । नर्सहरूले इन्टरनेशनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा कम्तीमा ७ अंक ल्याउनुपर्छ । लेख्ने, बोल्ने, सुन्ने र पढ्ने चारवटा मापदण्डमा अंक दिइने आईईएलटीएसमा लेख्नेबाहेक सबैमा ७ अंक ल्याउनुपर्छ ।

सम्झौता अनुसार उनीहरुको तलब वार्षिक २७ हजार पाउन्ड (करिब साढे ४३ लाख रुपैयाँ) देखि ३२ हजार पाउन्ड (करिब साढे ५१ लाख रुपैयाँ) सम्म पाउन सक्छन् । त्यसबाहेक उनीहरूले २७ दिनको वार्षिक र सार्वजनिक बिदा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । यस्ता

चितवन, ७ कार्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा

काठमाडौँ, ६ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल

अर्घाखाँची, ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान