दुर्गा प्रसाईंको अस्पतालद्वारा बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड: थुनाइदिने मुख्यमन्त्रीको चेतावनी

झापा, २८ कार्तिक। झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले उपचार गराइरहेका १० जना जलनका बिरामीलाई थप उपचार गर्न काठमाडौं लैजान अवरोध गरेको छ । उर्लाबारीमा भएको आगोलागीमा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेका १० जना सिकिस्त छन् ।

सो अस्पतालमा उर्लाबारी- ७ का सुमन सेन्दाङ, लालबहादुर लिम्बू, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, नवीन थापा, हेमकुमार दाहाल र करण संग्रौलाको पनि गम्भीर अवस्थामा उपचाररत छन् । लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी- ७ स्थित दीपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना जलेर घाइते भएका थिए । तीमध्ये विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १४ जनालाई हिजो बर्न अस्पताल कीर्तिपुर पठाइएको थियो ।‌

दुर्गा प्रसाईंले सञ्चालन गरेको बीएण्डसी अस्पतालले उपचारमा लागेको खर्च नतिरेसम्म बिरामी अन्यत्र लैजान नदिने भन्दै रिफर गर्न आकानाकानी गरेको छ । उनीहरुलाई कोशी प्रदेश सरकारको समन्वयमा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजाने तयारी भए पनि बीएण्डसीले उपचार गर्दा लागेको खर्च जम्मा गर्न भन्दै आएको छ ।

अस्पतालले घाइतेलाई निकाल्न अवरोध गरेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आज बिहान आफैं बीएन्डसी अस्पताल पुगेका छन् । अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले उपचाररत बिरामीको उपचार खर्च बुझाएरमात्र लैजान भनेपछि मुख्यमन्त्री कार्की र प्रसाईंबीच विवादसमेत भएको छ । प्रसाईंले ‘सबै खर्च बुझेर मात्र डिस्चार्ज गर्ने’ भनेपछि मुख्यमन्त्री कार्कीले ‘बिरामीको ज्यान दायाँबायाँ भए प्रहरी लगाएर थुनाइदिने’ चेतावनी दिएका छन् ।

मुख्यमन्त्री कार्कीले प्रसाईंसँग विवाद भएको तर उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताए । संकटको बेला पैसाभन्दा पनि मानवीय चरित्र र सहयोगी भावना देखाउन आफूले प्रसाईंलाई सम्झाएको कार्कीले बताए । उनले भने, ‘प्रक्रियागत कारणले केही समय लाग्नसक्छ । उपचार खर्च प्रदेश सरकारले गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका

काठमाडौँ, ३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद दुई प्रदेशका सात जिल्लामा आयोजना गरिने भएको छ । आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले

लमजुङ, १ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् ।

डडेलधुरा, १ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध