‘ब्रेन डेथ’को सदुपयोग गर्नसके नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन्छ : डा. श्रेष्ठ

काठमाडौँ, १५  असोज । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा काठमाडौं उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालका प्रमुखहरुको उपस्थितिमा अंगदान र प्रत्यारोपण सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

उक्त कार्यक्रममा बि एण्ड बि अस्पतालका निर्देशक तथा बरिष्ठ चिकित्सक डा जे एल बैद्य, शहिद गंगालाल हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी, वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल, त्रि.वि. शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्ले, काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. सुमन श्रेष्ठ, नर्भिक अस्पतालका सीईओ डा. अजय मिश्र, मध्यपुर अस्पतलाका निर्देशक डा. रविना प्रधानाङ्ग, चिरायु अस्पतालका निर्देशक डा. सञ्जिव राजभण्डारी, नेपाल कोरिया मैत्री अस्पतालका निर्देशक डा दिपेन्द्र कुमार रुशा, ब्लु क्रश अस्पलका नर्सिङ्ग प्रमुख अञ्जु ढुंगेल, समाजिक अभियन्ता सरना श्रेष्ठ, प्रभात राज भण्डारी र विभाकार शाक्य, कान्ता भट्ट तथा नविना श्रेष्ठ लागयतकोे सहभागिता रहेको थियो ।

राष्ट्रिय प्रत्यारोपण केन्द्र प्रमुख डा.पुकार श्रेष्ठले नेपालमा मस्तिष्क मृत्यु पश्चात हुने अंगदानका सम्बन्धमा विशेष चर्चा गर्नुहुँदै उक्त अभियानलाई सफल बनाउन उपस्थित सबै अस्पतालका प्रमुखज्यूहरुलाई आग्रह गरे । नेपालमा सडक दुर्घटनाका कारण बर्सेनि तीन हजारको हाराहारीमा मृत्यू हुने र त्यस मध्ये करिब एक हजार जानको मस्तिष्क मृत्यु हुने गरेको तथा ‘ब्रेन डेथ’ दाताको अंगहरु सही सदुपयोग गर्नसके  नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्ने संम्भावनामा छलफल भएको थियो ।

विभिन्न अस्पतलाका  प्रमुखज्यूहरुले आफ्नो मन्तव्य राख्दै यस कार्यक्रममा हातेमालो गर्न तत्पर रहेको कुरा बताए भने यसका लागि  अंगदान सचेतना अभियान सञ्चालन गर्नुपर्ने र धार्मिक गुरुहरुलाई पनि सहभागी गराउन सके धेरै विरामीहरुले पुनर्जन्म प्राप्त हुने सुझाव दिएका थियो ।

अमेरिकाको कुक कन्ट्री हेल्थ अस्पताल सिकागोका डा चन्द्र प्रकाश चटौतले शल्यक्रियाबाट ‘कसरी शीघ्र स्वास्थ्य लाभ गर्न सकिन्छ ?’ भन्ने विषयमा प्रस्तुतीकरण दिएका थिए भने बेलायलको फ्रिम्यान अस्पतालका सघन उपचार विज्ञ डा. इयान नेसभिटले मस्तिष्क मृत्यु पश्चात हुने अंगदानका सम्बन्धमा प्रकाश पारेको थियो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्याारोपणको लागि समन्वय इकाइ तोकिएको छ । कुनै अस्पतालमा मस्तिष्क मृत्यू भएमा उक्त इकाइलाई जानकारी गराउन पर्ने प्रावधान रहेको छ । नेपालको इतिहासमा पहिलोपटक केन्द्रमा हाल सम्म मस्तिष्क मृत्यू भएको व्यक्तिबाट  १० जनाको मृगौला र ३ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । तनहुँमा जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी

काठमाडौँ, ३ असार । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको

काठमाडौँ, ३ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात्

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस