लुटपाट गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ, ३ असोज । काभ्रेपलान्चोकको पनौतीमा लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार काभ्रेको पनौती नगरपालिका–४ मा बस्ने २७ वर्षीय आकाश दोङ, पनौती–६ बस्ने २७ वर्षीय श्रीराम लोप्चन र ओखलढुङ्गा घर भएर पनौती बस्ने ४५ वर्षीय सङ्गीता तामाङलाई पक्राउ गरेको हो ।

आरोपितहरूले भदौ २९ मा घाँस काटेर फर्किएकी तुलसा बन्जारासहित दुईजना लाई जङ्गलमा खुकुरी देखाएर सुनको रिङ लुटेर भागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपितहरूले पनौती नगरपालिका–५ स्थित माइतबाट फर्किएकी ३६ वर्षीया अनिता थापाको पनि गहना लुटेको प्रहरीले जनाएको छ । 

आकाश र श्रीरामले लुटेको गहना बेच्न सङ्गीता तामाले ग्राहक खोजेको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय बनेपाले चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ बैशाख । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा

एजेन्सी, १९ बैशाख । अमेरिकी रक्षा विभागले जर्मनीबाट ५ हजार सैनिक हटाउने निर्णय गरेको छ । यो निर्णय यस्तो समयमा

एजेन्सी, १८ बैशाख । इरानले अमेरिकाविरुद्ध कडा चेतावनी दिँदै पुनः सैन्य आक्रमण गरिए लामो र पीडादायी प्रहार गरिने बताएको छ ।

एजेन्सी, १८ बैशाख । इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले एक लिखित सन्देशमा इस्लामिक गणतन्त्रसँगको युद्धमा अमेरिका पराजित भएको दाबी