देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौँ, ३० भदौ । नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै भोलि आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक संघको विज्ञप्तिमा उल्लेख छ ।

भोलि  सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा भोलि आकस्मिक बाहेकका सेवा सञ्चालन नहुने संघले जनाएको छ । सरकारले डाक्टर कुट्नेलाई कारबाही गर्नुको साटो मेलमिलाप गराउन खोजेको र घटनालाई गम्भीर रुपमा नलिएको चिकित्सक संघको आरोप छ ।

गएको साउन २५ मा डेंगीबाट ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले सञ्चो अस्पताल हेटौँडाका डाक्टर विकास थापा र प्रशान्त विडारीलाई कुटेका थिए । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने संघका महासचिव सञ्जीव तिवारीले बताउनुभयो ।

उपचारमा लापरबाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट भएको संघको दाबी छ । कुटपिटमा संलग्न मृतक राजेश प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका