काठमाडौँमा नियन्त्रणमा आएन आँखा पाक्ने समस्या

काठमाडौँ, ६ भदौ । आँखा पाक्ने संक्रमण भाइरल कन्जन्टीभाइटीस् काठमाडौं उपत्यकामा अझै नियन्त्रणमा आउन सकेको छैन ।

प्रमुख आँखा अस्पतालहरूमा संक्रमितको संख्या केही कम भएपनि पूर्णरूपमा भने अझै नघटेको तथ्यांकले देखाएको छ ।तिलगंगा आँखा प्रतिष्ठानमा पछिल्लो साता दैनिक सरदर १५० जना कन्जन्टीभाइटीस् संक्रमित आइरहेको तथ्यांक छ । प्रतिष्ठानमा अघिल्लो साता अगष्ट ११ देखि १५ सम्म पाँचदिनमा ८३० जना संक्रमित बिरामी थपिएका थिए ।

कीर्तिपुर आँखा अस्पतालको ओपीडीमा दैनिक आउनेमध्ये ३० देखि ३५ प्रतिशतमा भाइरल कन्जन्टीभाइटीस् देखिइरहेको छ । संक्रमण केही मत्थर भएजस्तो देखिए पनि उल्लेखनीय रूपमा नघटेको अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्य बताउँछन् ।

यो दर अघिल्लो साता ५० प्रतिशतभन्दा माथि थियो । तर, अहिले पनि विद्यालय उमेरका बालबालिका, युवा तथा एकै परिवारका धेरैजना सदस्य संक्रमित भएका केसहरू देखिइरहेको डा. वैद्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका

काठमाडौँ, ३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद दुई प्रदेशका सात जिल्लामा आयोजना गरिने भएको छ । आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले

लमजुङ, १ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् ।

डडेलधुरा, १ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध