संसद खुलाउन एमालेसहितका दलहरूसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ, ३१ साउन । संसदको जारी अवरोध खुलाउन सत्ता गठबन्धनले एमालेसहितका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ । 

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो । 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आएको छ । तर, सत्ता गठबन्धनले न्यायिक छानबिन समिति गठनको आवश्यकता नभएको निष्कर्ष निकालिसकेको छ।  

यस्तै बैठकमा सर्वोच्चले बालुवाटारको ललिता निवास गग्गा प्रकरणका सन्दर्भमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, १३ असार । विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । गिरी आज बिहान आफ्नै घरबाट पक्राउ परेका

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १२ असार । नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कुनै पनि कम्युनिस्ट तथा बामम्पन्थी पार्टीसँग एकता