मेडिसिटी अस्पतालका तीन कर्मचारी ठगीको आरोपमा पक्राउ 

काठमाडौँ, २४ जेठ । मेडिसिटी अस्पतालको सफ्टवेयर प्रयोग गरी ठगी गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी परिसर ललितपुरले ठगी कार्यमा संलग्न सोही अस्पतालका तीनजना कर्मचारी दोलखा भिमेश्वर नगरपालिका ४ का राघव सापकोटा, गोदावरी नगरपालिका ११ का २९ वर्षीय सनम देशार र काठमाडौं महानगरपालिका ४ बालुवाटारका ३४ वर्षीय आशिष अर्याललाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्रा’ नामक एचएमआईएस सफ्टवेयर दुरुपयोग गरी दुई करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले अस्पतालको सफ्टवेयर प्रयोग गरी बिरामीहरूबाट बेड चार्ज, डाक्टरको चार्ज र निर्सङ चार्जसमेतको वास्तविक शुल्क लिइ सफ्टवेयरमा भने कम इन्ट्री गराई ठगी गर्दै आएको खुलेको छ । यसबारे अस्पतालले गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्यादथप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । सुर्खेतमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेसी

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय