श्रम मन्त्रालयको पहलमा सिंहदरबार प्रवेशमा सहज

काठमाडौँ, १७ माघ । श्रम मन्त्रालयले अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले सबै नेपाली नागरिकलाई सिंहदरबार प्रवेश गर्न पाउने नैसर्गिक अधिकार भएको र सोअनुसार अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको बताउनुभयो । श्रम मन्त्रालयको सिफारिस अनुसार गृह मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।

सोमबारदेखि लागू हुने गरी कालो नम्बर प्लेट भएका (सार्वजनिक) सवारीलाई निर्वाधरुपमा सिंहदरबार छिर्न पाउने व्यवस्था गरिएको मन्त्री अर्यालले बताउनुभयो । उहाँले अशक्त तथा फरक क्षमता भएका व्यक्तिलाई बोकेर सिंहदरबार छिर्ने सार्वजनिक सवारी नरोकिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘फरक क्षमता भएका तथा अशक्त व्यक्तिहरू सिंहदरबारको गेटबाट भित्रसम्म हिँड्न सक्नुहुन्न । तर, सिंहदरबार गेटबाट सार्वजनिक सवारी भित्र छिर्न नपाउने व्यवस्था थियो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नवलपुर, ३० कार्तिक । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट

मकवानपुर, ३० कार्तिक । मकवानपुरको चित्लाङबाट लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् । थाहा नगरपालिका–९ स्थित चित्लाङ चेक प्वाइन्टबाट

काठमाडौँ, ३० कार्तिक । रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ

काठमाडौँ, ३० कार्तिक । सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीका