विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको तीन दिने भ्रमण सम्पन्न

काठमाडौँ, १ माघ । राम चन्द्र प्रजापति । विराट नेपाल भाषा साहित्य सम्मेलन गुथि भक्तपुरको  आयोजनामा भाषा साहित्य कला संस्कृति संरक्षण र प्रवर्द्धन गर्न उपत्यका बाहिर के कस्तो अवस्था रहेकोछ भन्ने जानकार हुन तीन दिने मकवानपुर जिल्लाको चित्लाङ, पालुङ, हेटौंडा लगाएत विभिन्न ठाउँमा  साहित्यक अवलोकण भ्रमण सम्पन्न भयो ।

भ्रमणमा चित्लाङको  नेवा जाती बहुसंख्य भएको मकवानपुर जिल्ला चित्लाङ  कुन्चा गां (कुन्छाल) वस्तीमा साहित्य गोष्ठी विराट गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्मचार्यको अध्यक्षतामा  सम्पन्न भयो । उक्त कार्यक्रममा कुन्चा गां का साहित्यकार विराट गुथिका साहित्यकारहरुले जनपक्षीय साहिय वाचन गर्नुभयो । साहित्य गोष्ठीका प्रमुख अतिथि  थाहा नगर पालिका उप मेयर भरत गोपाली ,समाजसेवी सानुकाजी गोपाली लगाएतले भाषा ,कला साहित्य संस्कृति वचाउन भक्तपुर र थाहा नगरपालिकाको अझ एक आपसी सहयोग आदान प्रदान गर्नु पर्ने जोड दिनु भयो ।

साहित्य कार्यक्रमकै क्रममा मकवानपुर जिल्ला हेटौंडामा नेपाल भाषा खल: को सभाहलमा पनि साहित्य गोष्ठी सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी विराट गुठिका सल्लाहकारकार योगेन्द्र प्रधानले नेवा जाती राजनीतिक आर्थिक सांस्कृतिक भाषा साहित्य संरक्षण प्रवर्द्धन र विकास गर्न दक्षिण एसिया मै नेतृत्व गर्न सक्षम रहेको बताउनुभयो ।

नेपाल भाषा खल:का अध्यक्ष मेहेश्वर श्रेष्ठ विराटका कोषाध्यक्ष राम गोपाल चगुठी प्रदिप शक्य लगाएतले आ आफ्नो धारण राख्नु भायो। तीन दिने साहित्यक भ्रमणको लागि आर्थिक प्रायजन भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष राजकुमार जोशीले वडाको बजेटले सहयोग गरेको विराटका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यले जानकारी गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् । उपाध्यक्ष युवराज ज्ञवालीका

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ