विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको तीन दिने भ्रमण सम्पन्न

काठमाडौँ, १ माघ । राम चन्द्र प्रजापति । विराट नेपाल भाषा साहित्य सम्मेलन गुथि भक्तपुरको  आयोजनामा भाषा साहित्य कला संस्कृति संरक्षण र प्रवर्द्धन गर्न उपत्यका बाहिर के कस्तो अवस्था रहेकोछ भन्ने जानकार हुन तीन दिने मकवानपुर जिल्लाको चित्लाङ, पालुङ, हेटौंडा लगाएत विभिन्न ठाउँमा  साहित्यक अवलोकण भ्रमण सम्पन्न भयो ।

भ्रमणमा चित्लाङको  नेवा जाती बहुसंख्य भएको मकवानपुर जिल्ला चित्लाङ  कुन्चा गां (कुन्छाल) वस्तीमा साहित्य गोष्ठी विराट गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्मचार्यको अध्यक्षतामा  सम्पन्न भयो । उक्त कार्यक्रममा कुन्चा गां का साहित्यकार विराट गुथिका साहित्यकारहरुले जनपक्षीय साहिय वाचन गर्नुभयो । साहित्य गोष्ठीका प्रमुख अतिथि  थाहा नगर पालिका उप मेयर भरत गोपाली ,समाजसेवी सानुकाजी गोपाली लगाएतले भाषा ,कला साहित्य संस्कृति वचाउन भक्तपुर र थाहा नगरपालिकाको अझ एक आपसी सहयोग आदान प्रदान गर्नु पर्ने जोड दिनु भयो ।

साहित्य कार्यक्रमकै क्रममा मकवानपुर जिल्ला हेटौंडामा नेपाल भाषा खल: को सभाहलमा पनि साहित्य गोष्ठी सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी विराट गुठिका सल्लाहकारकार योगेन्द्र प्रधानले नेवा जाती राजनीतिक आर्थिक सांस्कृतिक भाषा साहित्य संरक्षण प्रवर्द्धन र विकास गर्न दक्षिण एसिया मै नेतृत्व गर्न सक्षम रहेको बताउनुभयो ।

नेपाल भाषा खल:का अध्यक्ष मेहेश्वर श्रेष्ठ विराटका कोषाध्यक्ष राम गोपाल चगुठी प्रदिप शक्य लगाएतले आ आफ्नो धारण राख्नु भायो। तीन दिने साहित्यक भ्रमणको लागि आर्थिक प्रायजन भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष राजकुमार जोशीले वडाको बजेटले सहयोग गरेको विराटका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यले जानकारी गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष