धान सिजनमा नहरहरू पूर्ण सञ्चालनमा

काठमाडौँ, १६ कार्तिक । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागकाअनुसार सुनसरी मोरङ सिँचाइ आयोजनाले ६८ हजार हेक्टर (जसमध्ये ५५ हजार हेक्टर सतह सिँचाइ) र राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले १४ हजार १३८ हेक्टर क्षेत्रमा सिँचाइ सेवा पुर्याएको छ ।

कमला सिँचाइ प्रणाली, भेरी करिडोर र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनामा धान बालीका लागि नहर निरन्तर सञ्चालनमा रहेकाले निर्माणका काम बाली भित्र्याएपछिको समयमा केन्द्रित गर्ने गरी तालिका मिलाइएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए । बाली सिजनमा विभागले किसानलाई पानी आपूर्ति प्राथमिकतामा राखिएको उनले बताए ।

यसबाहेक पोखरा (कास्की) अन्तर्गत ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगर अन्तर्गत ३ हेक्टरमा नयाँ सिँचाइ सुविधा थपिएको रजौरियाले बताए । सिक्टा र बबईसहित भदौ मसान्तसम्म करिब २०० हेक्टर नयाँ क्षेत्रमा सिँचाइ पुगेको विभागले जनाएको छ । file photo

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसंग सहकार्य गर्न नेपाल उत्सुक रहेको

काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले विभिन्न ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश तथा

काठमाडौँ, १६ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै जग्गा प्रशासन स्थानीय तहबाटै सन्चालन हुने गरी सरकारले

सुनसरी, १६ कार्तिक ।  सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको