दुईवटा स्कार्पियोमा गाँजा लोड गर्दै गर्दा पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

सुनसरी, १६ कार्तिक ।  सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आज बिहान करिब ३:०० बजे बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो । प्रहरीले उक्त गाडीहरूमा ८ वटा पोकामा राखिएको करिब २ सय १० किलो गाँजा लोड गरिरहेको अवस्थामा फेला पारेको हो ।

पक्राउ पर्नेहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बस्ने २४ वर्षीय रामसागर कुमार यादव (बा.१ च ५०३८ नम्बरका गाडी चालक), सप्तरीकै राजगढ गाउँपालिका–१ बस्ने ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारत बिहार प्रान्तको मधुबनी जिल्ला बस्ने ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्। त्यसैगरी सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ बस्ने ५९ वर्षीय राजकुमार शाह (को.१ च ८१८२ नम्बरका गाडी चालक) र सुनसरीको धरान उपमहानगरपालिका–११ बस्ने २१ वर्षीय अमृत बिशुङ्खे पक्राउ परेका छन् ।

पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी भएको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले

काठमाडौँ, १६ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका

काठमाडौँ, १६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न

काठमाडौँ, १६ कार्तिक । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले  मजदुर आन्दोलनका दशहजार बढि ऐतिहासिक दस्तावेजहरुलाई ‘र्‍याकदेखि स्क्रिनसम्म’को मूलभावमा कृतिम बौद्धिकता (एआई)मा