स्विटजरल्याण्ड सरकारको सहयोग नेपालको लागि महत्त्वपूर्ण छ: राष्ट्रपति पौडेल

काठमाडौँ, १६ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसंग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताउनुभएको छ ।  

नेपाल भ्रमणमा रहेकाे स्विटजरल्याण्डकाे राष्ट्रिय परिषदका अध्यक्ष पियरे आन्द्रे पेजकाे प्रतिनिधिमण्डलसंग राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको शीष्टाचार भेटमा राष्ट्रपति पाैडेलले साे धारणा व्यक्त गर्नुभएको हाे ।

“नेपालको शान्ति प्रक्रियामा स्विटजरल्याण्ड सरकारको निरन्तर सहयोग हाम्रा लागि निकै महत्त्वपूर्ण छ, नेपालको लोकतन्त्र, संघीयता, स्थानीय शासन तथा सामाजिक आर्थिक विकासलाई सुदृढ गर्न स्विटजरल्याण्डले लामो समयदेखि गर्दै आएको सहयोगकाे म प्रशंसा गर्दछु” , भेटमा राष्ट्रपति पाैडेलकाे भनाइ उधृत गर्दै उहाका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

साथै, राष्ट्रपति पाैडेलले स्विटजरल्याण्डकाे सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफु निरन्तर प्रभावित रहेको बताउनुभयो । साे अवसरमा स्विटजरल्याण्डकाे राष्ट्रिय परिषदका अध्यक्ष पियरेले हिमालहरू चलायमान हुदैछन, यसका लागि पूर्व सूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेको र यसमा स्विटजरल्याण्डले काम गरिरहेको सन्दर्भमा यसमा सहकार्य गरेर अगाडि बढन चाहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले अति आवश्यक भइसकेको राज्यका सबै अङ्गको संस्थागत शुद्धीकरण अभियान दृढतापूर्वक अघि बढाउनुपर्नेमा

काठमाडौँ, १६ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई

काठमाडौँ, १६ कार्तिक । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन् । ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, १६ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र