लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानमा युवाहरुद्धारा कविता वाचन

भक्तपुर, २३ मंसिर । युवाका साथ साथ आवाज नेपालले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानकाे अवसरमा जनचेतनामुलक कविता वाचन कार्यक्रम आयाेजना भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रीकृष्ण थापाले उपस्थिति सम्पुर्ण सहभागीहरुलाई स्वागत गर्दै लैङ्गिक हिंसा न्युनिकरणमा युवा पुुस्ताहरु भुमिका निकै रहेकाे र आफै व्यवहार र साेच परिवर्तन गरेर समाज परिवर्तनमा लाग्न पितृसत्तात्मक साेचलाई हटाउन अझै लड्नु पर्ने विचार व्यक्त गर्दै संस्थाका सल्लाहकार दिपक विसुङ्केले युवाहरु नै समाज परिवर्तनको संवाह भएको हुनाले युवाहरु लागे जस्तो सुकै परिवर्तन पनि गर्न सक्ने बताउनुभयाे ।

साथै, कविता वाचन गर्दै कविताहरुमा याैनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुकाे समस्या, पितृसत्तात्मक साेच, समाजकाे दृष्टिकोण र युवाहरुकाे भुमिका विषयमा दम्दार रुपमा सुर्यविनायक चाेकमा १० जना युवाहरुले कविता वाचन गरि सहभागीहरुलाई प्रमाणपत्र र डायरी हस्तान्तरण गरि कार्यक्रम सम्पन्न भएको आयाेजक संस्थाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका

काठमाडौँ, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

ललितपुर, ७ वैशाख । महिला,  बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न निर्देशन