विद्यालयलाई सेनेटरी प्याड भेण्डिङ मेशिन हस्तान्तरण

काठमाडौँ, १२ मंसिर । लायन्स क्लब अफ काठमाडौँ क्रियटिभ इन्टरप्रेनरका चार्टर प्रेसिडेण्ट बरिष्ठ समाजसेवी तथा व्यवसायी अर्जुन खड्काले बुढानीलकण्ठस्थित महांकाल माध्यमिक विद्यालयलाइ मेनुअल सेनेटरी प्याड भेण्डिङ मेशिन तथा सेनेटरी प्याड सहयोग गरेका छन् ।

किशोरी छात्राहरूका लागि अति आवश्यक पर्ने मेनुअल सेनेटरी प्याड भेण्डिङ मेशिन तथा सेनेटरी प्याड सहयोग गरेको उनले बताए । अमेरिकाको कनेक्टिकट राज्यमा व्यापार, व्यवसाय गर्दै आएका खड्काले हालै मात्र आधा दर्जन भन्दा बढी अनाथ आश्रम, विभिन्न संघ संस्था तथा दु:खी पीडित, भूकम्प पीडितलाई आर्थिक सहयोग गरेका छन् ।

लामो समयदेखि अमेरिकामा व्यवसाय गर्दै आएका समाजसेवी खड्का सामाजिक कार्यमा सक्रिय व्यक्तित्वको रुपमा परिचित छन् । सेनेटरी प्याड भेण्डिङ मेसिन सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लबका प्रथम उपाध्यक्ष लायन बिमाल खड्का, दितिय उपाध्यक्ष लायन ऋषि कडरिया र सचिब लायन प्रजुन खड्काको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ हाल कमजोर भइसकेको छ । त्यो यति बेला आज

काठमाडौँ, १२ कार्तिक । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका ६१ जना

काठमाडौँ, १२ कार्तिक । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन/प्रसारणका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय