काठमाडौँ, १२ मंसिर । लायन्स क्लब अफ काठमाडौँ क्रियटिभ इन्टरप्रेनरका चार्टर प्रेसिडेण्ट बरिष्ठ समाजसेवी तथा व्यवसायी अर्जुन खड्काले बुढानीलकण्ठस्थित महांकाल माध्यमिक विद्यालयलाइ मेनुअल सेनेटरी प्याड भेण्डिङ मेशिन तथा सेनेटरी प्याड सहयोग गरेका छन् ।
किशोरी छात्राहरूका लागि अति आवश्यक पर्ने मेनुअल सेनेटरी प्याड भेण्डिङ मेशिन तथा सेनेटरी प्याड सहयोग गरेको उनले बताए । अमेरिकाको कनेक्टिकट राज्यमा व्यापार, व्यवसाय गर्दै आएका खड्काले हालै मात्र आधा दर्जन भन्दा बढी अनाथ आश्रम, विभिन्न संघ संस्था तथा दु:खी पीडित, भूकम्प पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
लामो समयदेखि अमेरिकामा व्यवसाय गर्दै आएका समाजसेवी खड्का सामाजिक कार्यमा सक्रिय व्यक्तित्वको रुपमा परिचित छन् । सेनेटरी प्याड भेण्डिङ मेसिन सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लबका प्रथम उपाध्यक्ष लायन बिमाल खड्का, दितिय उपाध्यक्ष लायन ऋषि कडरिया र सचिब लायन प्रजुन खड्काको समेत उपस्थिति रहेको थियो ।





