४ मंसिरमा चुनाव गर्न तयार छौं : प्रमुख आयुक्त थपलिया

काठमाडौँ, १९ साउन । निर्वाचन आयोगले सरकारले घोषणा गरेको ४ मंसिरको मितिमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन  गर्न तयार रहेको बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको समयमा स्वच्छ,निष्पक्ष, विश्वसनीय ढंगले निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताएका छन ।

उनका अनुसार मतदाता नामावलीको दर्ता प्रक्रिया भोलिदेखि नै स्थगन गरेर दर्ता भइसकेका मतदाताहरुको नामावली ६ हजार ७ सय ५३ वटा वडा कार्यालयहरुमा सार्वजनिक गरेर अद्यावधिक गर्ने प्रक्रिया सुरु हुनेछ ।

त्यस्तै चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ बैशाख । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा

एजेन्सी, १९ बैशाख । अमेरिकी रक्षा विभागले जर्मनीबाट ५ हजार सैनिक हटाउने निर्णय गरेको छ । यो निर्णय यस्तो समयमा

एजेन्सी, १८ बैशाख । इरानले अमेरिकाविरुद्ध कडा चेतावनी दिँदै पुनः सैन्य आक्रमण गरिए लामो र पीडादायी प्रहार गरिने बताएको छ ।

एजेन्सी, १८ बैशाख । इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले एक लिखित सन्देशमा इस्लामिक गणतन्त्रसँगको युद्धमा अमेरिका पराजित भएको दाबी