हेर्नुहोस्, छालाको समस्याबाट बच्‍ने उपायहरु

काठमाडौँ, १६ चैत । छाला शरिरहेको एउटा यस्तो पत्र (लेयर) हो जसले शरीरलाई भित्री संक्रमण हुनबाट जोगाउँछ । कहिले काही मौसम अनुसार या अन्य रोगका कारणले पनि छालामा विभिन्‍न समस्या आउन सक्छन् ।

छालाको समस्या मध्ये प्राय छालामा सुख्खापन देखिने, एलर्जी हुने, चिलाउने र छाला फाट्ने जस्ता समस्या प्रमुख हुन् । ब्याक्टेरियाबाट हुने छालाको संक्रमण, भाइरसबाट हुने संक्रमण, फंगस संक्रमण, दाद, चिलाउने, सेतो दाग, ठेउला, लुतो आदिको समस्या यो मौसममा बढी हुन्छ ।

गर्मी महिनामा धेरै पसिना आउने हुनाले छालामा विभिन्न समस्या उत्पन्न हुने गर्छन् । त्यसैले छालाको समस्याबाट बच्‍ने यी उपायहरु अपनाउन सकिन्छ ।

१. मोइस्चराइजिङ्ग क्रिम, लोसन र तेलको प्रयोगले छालालाई सुक्खापनबाट जोगाउन सकिन्छ ।

२. तेल अथवा हातमा क्रिम लगाउनुभन्दा पहिले पानिले हात चिसो बनाएर मात्र प्रयोग गर्ने ।

३. कडाखालको साबुनको प्रयोग कम गर्ने ।

४. ऊनीको कपडाको प्रयोग नगर्ने ।

५. हिटर र एसीको लामो समयसम्म प्रयोग नगर्ने ।

६. पर्याप्त मात्रामा पानी पिउने ।

७. पर्याप्त मात्रामा फलफूल, सागसब्जीको प्रयोग गर्ने ।

८. घाममा निस्किदा सनस्क्रिम र मोस्चराइजिङ क्रिमको प्रयोग गर्ने ।

९. सकेसम्म दैनिक दुई पटक नभए कम्तिमा एक पटक नुहाउने र सफा कपडा लगाउने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद