कांग्रेसले दुई दिन सार्‍यो प्रदेश अधिवेशन

काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति सारेको छ ।

यही मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेकोमा दुई दिन अधिवेशन सार्ने निर्णय भएको हो । आज बालुवाटारमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको छलफलपछि प्रदेश अधिवेशन सार्ने निर्णय भएको हो ।

अब यही मंसिर १८ र १९ गते प्रदेश अधिवेशन तोकिएको छ । मंसिर १७ मै उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका बनाउने सहमति पनि भएको छ । प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू मतदाता हुन्छन् ।

कांग्रेसले यही मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई अन्तरिम आदेशमार्फत रोक लगाएको छ । सर्वोच्च

काठमाडौँ, २८ बैशाख । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सार्वजनिक नीति तथा कार्यक्रमको पूर्णपाठ:

काठमाडौँ, २८ बैशाख । प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्य मनोनीत भएका छन् । सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ, २८ बैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि एआई कल सेन्टर सञ्चालनमा ल्याएको छ ।