कांग्रेसले दुई दिन सार्‍यो प्रदेश अधिवेशन

काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति सारेको छ ।

यही मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेकोमा दुई दिन अधिवेशन सार्ने निर्णय भएको हो । आज बालुवाटारमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको छलफलपछि प्रदेश अधिवेशन सार्ने निर्णय भएको हो ।

अब यही मंसिर १८ र १९ गते प्रदेश अधिवेशन तोकिएको छ । मंसिर १७ मै उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका बनाउने सहमति पनि भएको छ । प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू मतदाता हुन्छन् ।

कांग्रेसले यही मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको