अक्सिमिटर महङ्गोमा बिक्री गर्ने मेडिकल सिल

वाग्मती, ६ जेठ । वाग्मती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ । 

शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मुल्य भन्दा निकै महङ्गोमा बिक्री गरेको जनाउदै राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो   ।

साथै मेडिकलका स्वास्थ्यकर्मी हेटौंडा–७ की २५ वर्षीया नीशा आचार्य र हेटौंडा–९ की  १८ वर्षीया मनिता मल्ललाई नियन्त्रणमा लिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा सहित उपभोक्ता हित तथा संरक्षण मञ्च सहितको टोलीले अनुगमन गरेको थियो । 

सिल गरिएको मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्धा चलाइने जनाइएको छ । उनीहरुलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ । 

२८ वटा सवारी साधन नियन्त्रणमा
निषेधाज्ञाको अवधिमा पनि सवारी साधन चलाएको जनाउदै वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट सोमवार २८ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ  । 

निषेधाज्ञालाई कार्यान्वयन गराउने क्रममा मकवानपुर प्रहरीले ति सवारी साधन नियन्त्रणमा लिएको हो । मकवानपुरमा कोरोना सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनको लागि गत वैशाख २० गतेदेखी लागू गरिएको निषेधाज्ञा हालसम्म जारी छ । 

नगरकार्यपालिका​​​​​​​ सदस्यको मत्यु
 हेटौंडा उपमहानगरपालिकाका नगरकार्यपालिका सदस्य रत्नलाल विश्वकर्माको शुक्रबार कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । नेकपा एमालेको जिल्ला सदस्य समेत रहनुभएका विश्वकर्माको ५८ वर्षको उमेरमा  उपचारको क्रममा  हेटौँडा अस्पतालमा मृत्यु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा