आजको मौसम पूर्वानुमान

काठमाडौँ, २३ बैशाख । आजदेखि फेरि प्रि-मनसुन थप सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार  मार्च १ अर्थात गएको फागुन १७ गतेदेखि सुरु भएको प्रि-मनसुन आजदेखि थप सक्रिय भएको हो ।

अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङरगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ ।

आज मनसुन केही बढी सक्रिय भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने र प्रदेश-१ का पहाडी भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले देशभरको मौसम पूर्णदेखि आंशिक बद्ली भएको छ भने प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँहरुमा पानी परिरहेको छ । दिउँसो देशका धेरैजसो पहाडी ठाउँहरुमा मेघगर्जन, हावाहुरी र चट्याङ्गसहितको पानी पर्ने सम्भावना रहेको छ । यी ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक