आजको मौसम पूर्वानुमान

काठमाडौँ, २३ बैशाख । आजदेखि फेरि प्रि-मनसुन थप सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार  मार्च १ अर्थात गएको फागुन १७ गतेदेखि सुरु भएको प्रि-मनसुन आजदेखि थप सक्रिय भएको हो ।

अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङरगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ ।

आज मनसुन केही बढी सक्रिय भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने र प्रदेश-१ का पहाडी भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले देशभरको मौसम पूर्णदेखि आंशिक बद्ली भएको छ भने प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँहरुमा पानी परिरहेको छ । दिउँसो देशका धेरैजसो पहाडी ठाउँहरुमा मेघगर्जन, हावाहुरी र चट्याङ्गसहितको पानी पर्ने सम्भावना रहेको छ । यी ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा