रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किए: कुन देशबाट कति ?

काठमाडौँ, २१ वैशाख । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन् । एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ । तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन ।

केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्किएका छन् । दोस्रोमा रोजगारी गुमाएर फर्किने मुलुकमा कतार पर्छ । यूएईबाट १ लाख ४० हजार २ सय १६ र कतारबाट १ लाख ५ हजार ७ सय ७४ जना फर्किएका हुन् । मलेसियाबाट ४८ हजार ४ सय ३५, साउदी अरबबाट ४१ हजार ६ सय ६८, कुवेतबाट २३ हजार ३ सय ४१, भारतबाट ३६ हजार १ सय ९५, टर्कीबाट १३ हजार ६ सय ३४, जापानबाट १३ हजार ५ सय २५ जना फर्किएका छन् । 

सिंगापुरबाट ५ हजार ५ सय ३, ओमनबाट ५ हजार ३ सय ७६ र दक्षिण कोरियाबाट ३ हजार ५ सय ६२, चीनबाट ३ हजार ५ सय ५८, हङकङ र मकाउबाट ३ हजार १ सय ६४ जना छन् । बंगलादेशबाट २ हजार ५ सय ९५, बहराइनबाट १ हजार ३ सय ५५, अस्ट्रेलियाबाट १ हजार २ सय ४४ र माल्दिभ्सबाट १ हजार १८ जना कोभिड १९ को असज परिस्थितिका कारण स्वदेश फर्किएका हुन् ।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार