सभामुखले सर्वदलीय बैठक बोलाउने

पोखरा, २० वैशाख । गण्डकी प्रदेशसभाको स्थगित विशेष अधिवेशनको बैठक कहिले बोलाउने भन्ने सन्दर्भमा सभामुखले सर्वदलीय बैठक बोलाएर छलफल गर्ने भएका छन् ।

सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वदलीय बैठक आह्वान गरेर निकास खोज्ने सहमति भएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता सहभागी हुने गरी सर्वदलीय बैठक बोलाइने र सोही बैठकले विशेष अधिवेशनको स्थगित बैठकपछिको घटनाक्रम समीक्षा गर्दै निकास खोज्ने निर्णय गरेको हो ।

प्रदेशसभाका सूचना अधिकारी जितेन्द्र जंग केसीका अनुसार परामर्श समितिको बैठकमा सभामुखले चाँडै नै अनुकुल समय मिलाएर सर्वदलीय बैठक बोलाउने समझदारी भएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रस्तुत गरिएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यसूची रहेकै दिन मुख्मन्त्री सुब्बाको पक्षमा मतदान हुनेभएपछि माओवादीको कार्यकर्ता जस्तै भई सभामुखले विशेष अधिवेशन अन्त्य गरेका थिए । त्यसयता प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्न सकेको छैन भने अविश्वास प्रस्ताव पनि अल्झिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १५ असार । भारतको अहमदाबादमा सम्पन्न ऐतिहासिक प्रथम विश्व योगासन प्रतियोगितामा नेपालको मान, मर्यादा र प्रतिष्ठा उच्च राख्दै ७९

काठमाडौँ, १५ असार । कलंकी पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ९० प ५३४१

काठमाडौँ, १५ असार । काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । पेप्सीकोलाको सूर्यमुखी

काठमाडौँ, १५ असार । ललितपुरमा हत्याको प्र्याङ्क भिडियो बनाएर झुट्टा अफवाह फैलाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।  जिल्ला प्रहरी