प्रतिनिधिसभामा सांसद चौधरीको कविता: ‘कठैबरा कसले होला पुछिदिने आँशु’

काठमाडौँ, २६ चैत । नेकपा एमालेकी सांसद सांसद शान्ता चौधरीले प्रतिनिधिसभा बैठकको शून्य समयमा कविता वाचन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशभर जनलहर आउँदा विरोधीहरुको निद्रा हराउने गरेको उल्लेख गर्नुभएको छ ।

यस्तो छ उहाको कविता:

विरोधका लागि बिरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु
सरकार विकास गर्छ
जनतालाई हँसाउछ, खुसी दिन्छ
तर विकास विरोधीहरुको आँखा रसाउँछ अनि खुसी हराउँछ
प्रधानमन्त्रीको जब देशभरी जनलहर आउँछ
तव विरोधीहरुको निन्द्रा हराउँछ
विकासप्रेमीहरु अहिले खुसीले गदगद छन्
सुन्दैछु नयाँ वर्षको प्रवेशसँगै देशले अमूल्य चिज पाउँदैछ
गौतम बुद्ध विमानस्थल सम्पन्न भयो
धरहरा मुसुक्क मुस्कुरायो
कोही भन्दैछन् जनता हाँस्दा म कसरी हाँसु
कठैबरा कसले होला पुछिदिने आँशु

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई सहयोग

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ