नेपालको राजनीतिमा कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ : महामन्त्री पौडेल

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ ।

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को पदस्थापन कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले भने, ‘राजनीतिमा को पदमा पुग्छ, संसदमा कसको सङ्ख्या बढी हुन्छ, त्यो स्थायी कुरा होइन । कसको विचारलाई समाज र देशले मानेको छ, त्यो महत्त्वपूर्ण हो। आज नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ,’ ।

सत्तारुढ दल रास्वपातर्फ संकेत गर्दै उनले प्रचार र कुरा धेरै गरे पनि काम गरेर देखाउन नसकेको टिप्पणी गरेका छन् । उनले भने, ‘नयाँ आउनुभएका साथीहरूले अनेकौँ कुरा गर्नुभयो । तर केही पनि काम गर्नुभएन,’ ‘नेपालमा बहुदलीय लोकतान्त्रिक व्यवस्था भनेको नेपाली कांग्रेसले नेपाली समाजमा बहस सुरु गराएको विषय हो । आज त्यो विचार नमान्नेहरू सबै यही बाटोमा फर्किनुपरेको छ ।’

उनले हिजो लोकतान्त्रिक विधिलाई अस्वीकार गर्ने कम्युनिस्ट, राजावादीदेखि अहिलेका नयाँ दलहरूसम्म कांग्रेसकै नीति र पद्धतिमा आउन बाध्य भएको दाबी गरे । ‘कम्युनिस्ट विचारले यो विधिलाई मान्दैनथ्यो, राजावादीहरूले पनि मान्दैनथे,’ अघि भने, ‘अहिले नयाँ आएका साथीहरू पनि यही व्यवस्थाबाट सत्तामा पुग्नुभएको छ । त्यसैले अहिले कसैले पनि कांग्रेसको विचार नमानेको स्थिति छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई सहयोग

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ