मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, १५ कार्तिक । मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार चामुण्डाविन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्णकुमार आचार्य रहेका छन् । घाइते उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। डाक्टरले उनलाई मृत घोषित गरे ।

आइतबार दैलेखको गुराँस गाउँपालिका–४ चिसापानीस्थित सुर्खेत–दैलेख सडक खण्डमा सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको लु.प्र.०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडि सोही दिशातर्फ गइरहेको क.प्र.०२–००३ प २२१० नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक चामुण्डाविन्द्रासैनी–३ का २६ वर्षीय श्रवणकुमार आचार्य भने सकुशल रहेका छन् । प्रहरीले ट्रक चालक दाङको लमही नगरपालिका–३ का २५ वर्षीय सबिन चौधरी र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई सहयोग

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ