बम विस्फोटमा परी एक सैनिकको मृत्यु

काठमाडौँ, २३ चैत । अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा  भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ । 

सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक  घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ । 

यस विस्फोटमा कुनै समूहको हात रहेको हो सो भने प्रष्ट भएको छैन् । अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन् । यस पटक पनि सोही समूहको हात   रहेको आशङ्का प्रहरीको रहेको छ । 

यो समाचार लेखिएको अवस्थामा यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको थिएन । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ असार । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको छ

फाइल फोटो काठमाडौँ, १२ असार । होर्मुज स्ट्रेट भएर गइरहेको एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि उद्धार कार्य रोकिएको छ । आक्रमण

काठमाडौँ, १२ असार ।भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १५

काठमाडौँ, ११ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा नाटोमा आबद्ध युरोपेली सहयोगी राष्ट्रहरूले संयुक्त राज्य अमेरिकालाई साथ नदिएको