नेपाली राजनीतिमा अपराजित सेनापति ‘महेश बस्नेत’

महेश वस्नेत अर्थात पूर्वउद्योग मन्त्री एक जुझारु नेतालाई नेपाली राजनीतिमा सडकको सेनापति भन्दा पनि फरक पर्दैन । जनताको बहुदलीय जनवाद (जबज) सडकमा आन्दोलन हुन्छ तब तब उनी बर्दी बिनाको सेनापति जस्तै खडा भएर लडेको ईतिहास हामी माझ छ । भलै त्यो ईतिहासलाई मानिसहरु अनेकथरी उपमा दिएर अतिरञ्जित गर्ने काम गर्छन् । तर वास्तवमा महेश वस्नेतको स्वभाव के हो त, उहाँको जग, आधार र स्वभाव के हो त त्यो धेरैलाई थाहा छैन् ।

महेश बस्नेत शुसील कोईरलाको मन्त्रीपरिषदमा नेपालको उद्योग मन्त्री पदभार सम्हाल्नुभएको थियो । उक्त समयमा एक सफल मन्त्रीको रुपमा आफ्नो पहिचना स्थापना गरी नेपाली जनताको ढुकढुकीको रुपमा रहनुभयो । सन् २००८ मा उनी युथ फोर्स नेपालका अध्यक्ष भए तथा सन् २००९ मा उनी युवा संघ नेपालको अध्यक्ष हुनुभयो । भक्तपुर जिल्ला क्षेत्र-२ बाट उहाँले सन् २०७० सालको चुनाव हार्नुभएको थियो भने २०७४ मा भारीमतका साथ विजयी हुनुभयो । उद्योग मन्त्री रहँदा भूकम्पग्रसित उद्योगलाई उहाँले ऋण माफी गरिदिनुभयो । देशभरकै सबैभन्दा कान्छो गाविसका अध्यक्षका रुपमा २३ वर्षमै २०५४ सालको स्थानिय निर्वाचनमा निर्वाचित भएर नेपाली राजनीतिमा उदाउनुभएका महेश बस्नेतको योगदान नेपाली राजनीतिमा निकै अपरिहार्य रहेको छ ।

तत्कालिन माओवादी युद्धमा थियो । उनीहरु देशका विभिन्न भागमा हमला गरिरहेका थिए । राज्य पक्ष र बिद्रोही पक्ष दुबैतिर बराबरको क्षती भईरहेको थियो । जनतामा एक प्रकारको डर थियो । अमेरिकन, बेल्जियन, इन्डियन, चाइनिजका अत्याधुनिक हात हतियारबाट सुसज्जित एक लाख बराबरको तत्कालिन शाही सेनासँग उनीहरु हारिसकेको परिस्थिति थियो । तर २०६२/६३ को जनआन्दोलनमा माओवादीहरु मिलन हुन आईपुगे । र २५० वर्षसम्म जरा गाडेर शासन गरेको राजसंस्था पतन भयो ।

उहाँ भक्तपुरका लागि केही छुट्टै र नौला विकासका काम गर्न चाहनुहुन्थ्यो । तर, उहाँ पर्नुभयो उद्योगमन्त्री । जनताको समस्या बाटो, खानेपानी, ढल लगायतका थिए । मन्त्रालय उद्योग तर जनताको माग यस्तो । अब के गर्ने ? उहाँले नयाँ उपायहरु अवलम्ब गर्नुभयो । ‘मैले यी काम अरु उपायबाट गरे । ४७ वटा सडक निर्माण भए । नियमीत बजेटलाई वृद्धि गर्ने पनि सफल भयौं । हनुमन्ते करिडोर, विष्णुमती—बागमती करिडोर बजेट पार्न सफल भयौं,’ उहाँले मन्त्री हुँदा पनि भक्तपुरको समृद्धिका लागि आफ्नो पहलबारे भन्नुभयो ।

उहाँ मन्त्री हुँदा भक्तपुरमा ९ करोड जति बजेट आउथ्यो, अहिले त्यो वृद्धि भएर १० अर्बभन्दा बढ़ी आउन थालेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत उहाँकै पहलमा २० गुणा बढी बजेट भक्तपुरमा जाने भएको छ । चारवटा सेटेलाइट सिटीमध्ये दुई वटा भक्तपुरमै पार्न पनि उहाँकै पहलमा सम्भव भयो । सूर्यविनायकमा प्राणी उद्यान केन्द्र स्थापना गर्ने, जावलाखेलको जु ल्याउने, मोहना पोखरीमा ३ अर्बको बजेट पार्नसम्मका काममा पनि महेशले आफ्नो अग्रसरता देखाउनुभयो । जसलाई अहिले पनि भक्तपुरका वासिन्दाले वाहीवाही गरिरहेका छन् ।

मेलम्चीलाई पहिलो चरणमा पार्ने, ७ करोड लिटरको पानी टंयाकी निर्माणका लागि काम अगाडि बढाउने, वीर हस्पिटल सारेपछि भक्तपुर ल्याउने, पाँच वटा पुल बनाउने, भक्तपुरलाई सांस्कृतिक नगर बनाउने, मन्दिरहरुको पुननिर्माणका करोड रुपैया बिनियोजन गर्ने काममा पनि यी युवा नेताले प्रशस्त मेहनेत गर्नुभयो । जसले समृद्ध भक्तपुर सुखी भक्तपुरको अभियानले सार्थकताको लय समायो ।

अमेरिकन, बेल्जियन, इन्डियन, चाइनिजहरुका अत्याधुनिक हातहतियारबाट सुसज्जित तत्कालिन एक लाख शाही सेना, हजारौँ शसस्त्र, जनपद र अनुसन्धान विभाग लगभग हारी सकेको थियो माओवादीसँग । यस्तै अवस्थामा ६२/६३ को आन्दोलन शुरु भयो । २५० वर्षसम्म जरा गाडेर शासन गरेको राजसँस्था पतन भयो ।

युद्ध उन्मादबाट आएको माओवादी लगभग विजयी मानसिकतामा थियो । गाउँ घर पहिला नै कब्जा गरेको थियो, उस्लाइ अब मात्र सहर कब्जा गर्नु थियो । उ साम्यवादी शासनको लगभग नजिक पुगि सकेको थियो । माओवादी रणनीति यही थियो । आफ्नो योजना अनुरुप उसले आफ्ना लडाकुलाई तयारी अवस्थामा राखेको थियो । त्यही भएर उसले आफ्ना वास्तविक जनयुद्ध लडेर खारिएका लडाकुलाई ब्यारेकमा राख्न चाहेन । ब्यारेकमा राख्नलाई गाउँ गाउँमा उर्दि गरियो । नेपाली सेनामा भर्ती हुनलाई भनेर उसका जनसेना हैन, सर्बसाधारणलाई राखियो । सेनामा समायोजन गर्नका लागि ।

आफ्ना लडाकुलाई बाहिरै राखेर सहर बजार कब्जा गर्ने उद्देश्यले सहर बजारमा बिबादित घर जग्गा खोज्यो । बिबादमा आफू छिरेर थुप्रै निजि र सार्वजनिक घर जग्गा नकब्जा गर्यो । अनि सुरु भयो ‘वाईसिएल’का नाममा माओवादीको सहरी आतंक । लाखको संङ्ख्यामा सेना, शसस्त्र पुलिस, नेपाल पुलिस निरीह भएको त्यो बेलाको माओवादीसँग आँखा जुधाउने हिम्मत तत्कालिन समयमा कस्को थियो र ?

सेना नै आफ्नो ब्यारेकको पाँच किलोमिटर वरपर मात्र सिमित हुने सम्झौता अनुरुप सरकार ब्यारेक भित्रै खुम्चियो । वासिएल कै बलमा माओवादीले बहुदलीय संसदीय ब्यवस्था नै कब्जा गरेर काङ्ग्रेस-एमालेलाई प्रतिरक्षामा पुर्यायो । काङ्ग्रेस नै प्रतिरक्षाको स्थितिमा पुगेको बेला आफू वास्तविक कम्युनिष्ट दाबी गरेर सत्तामा पुगेको माओवादीको अगाडि एमालेको हालत के थियो होला ?

एमालेका तत्कालिन महासचिवले त आफ्नो पदबाट नै राजिनामा दिए । घोषित अघोषित माओवादी आतङ्कबाट निकास निस्किने सम्भावना लगभग शून्य थियो । देश र पार्टी जोगाउन एउटा फोर्स त चाहिने रहेछ भन्ने निस्कर्षमा पार्टीहरु पुगि सकेका थिए । तर, हिम्मत कसैको थिएन । तर, कालो बादलको वरिपरि चाँदीको घेरा हुन्छ भनेझैं यसैबिचमा एमालेले ‘युथफोर्स’को अवधारणा ल्यायो । त्यस बेलामा एमालेका जल्दा बल्दाले यस्को नेतृत्व लिन हिम्मत गरेनन् । गरुन् पनि कसरी ! यसको उद्देश्य नै वासिएलसँग भिड्नु थियो । तत्कालिन समयमा हातहतियारले सुसज्जित सेना भिड्न नसकेको, सत्र हजारको ज्यान गएको, आतंक कति सम्म थियो होला रु यो आतंकबाट मुक्ती दिनु भनेको आफ्नो बलिदानी दिनु बराबर थियो । फेरि बलिदानी पनि कस्तो भने १७००१ हुने मात्र ।

यस्तो अवस्थामा एउटा यस्तो सेनापती चाहिएको थियो एमालेलाई जसको मद्दतले नेपालको राजनीतिकमा आफ्नो उपस्थिती देखियोस् । आफ्नो छिन्नभिन्न भएको संगठनले फेरि पुनर्जीवन पाओस् । यस्तो विषम परिस्थितिमा त्यो संगठनको नेतृत्व महेश बस्नेतले लिनुभयो । र, हिँसाकारीलाई तह लगाए । मानिसमा रहेको वाईसिएल आतंकबाट छुटकारा दिलाउन महत्वपूर्ण तथा ऐतिहासिक जिम्मेवारी सम्हाल्नुभयो । शान्ती र स्थायीत्वकामी युवालाई समेट्नुभयो । उहाँजस्ता युवा नभएको भए अहिलेका माधव नेपाल रौतहटमा कुखुरा पाल्दै हुन्थे, झलनाथ खनाल, इलाममा अमिल्सो बेच्दै हुन्थे, कहाँ प्रचण्डसँग कुम जोडेर एकै हैसियतमा हिड्न पाउथे र ! राम चन्द्र पौडेल तनहुँमा कागती बेच्दै हुन्थे अनि शेर बहादुर देउवा श्रीमतिको एनजिओ मै सिमित हुन्थे । कहाँ यसरी अहिले जस्तो प्रचण्ड ढोग्दै देउवाको मा पुग्थे कल्पना गर्न सकिन्न । अहिलेको ब्यबस्था उहाकै इतिहासमा गरेको जोस, आँट, जाँगरको टेकोमा अडिएको हो ।

विगतको इतिहासमा मात्र हैन, वर्तमान समयमा नेकपाभित्रको आन्तरिक विवादका कारण पार्टी फुटको अवस्थामा पुगेको छ । जहाँ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु हात धोएर लागेका छन् । जनताको माझमा हुँदै नभएका नकरात्मक कुरा तथा आक्षेपहरुको प्रचार गरी रहेका छन् । प्रचण्ड माधव गुटको झुटको खेतीलाई तोड्न पुनः एक पटक महेश बस्नेतले राष्ट्रव्यापी अभियानमा लाग्नुभएको छ । जसले प्रधानमन्त्री केपी ओली तथा सरकारविरुद्धमा फैलाइएको भ्रमहरु चिर्न सफल भएको छ ।

अबको देशको नेतृत्व उहाँ र उहाँ जस्तै आँटिला, जाँगरिला र जोशिला युवाहरुले गर्नुपर्छ । तबमात्र शान्ती, समृद्धि र विकास सम्भव छ । देश भरीका विकासप्रेमीहरु महेश बस्नेतसँग गोल बन्दी हुनुको बिकल्प छैन । ताकी भक्तपुरमा फैलिएको विकास देश भरी पुगोस् ।

लेखक: प्रदिप खत्री, नेता राष्ट्रिय युवा संघ नेपाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, १९ फागुन । जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ ।  हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको

दाङ, १९ फागुन । दाङको बबईमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बबई

ललितपुर, १९ फागुन । नख्खुमा जीपको ठक्करबाट एक जना छात्राको मृत्यु भएको छ । बिहान साढे ५ बजेतिर सडक पार

रामेछाप, १९ फागुन । रामेछापमा सार्वजनिक गाडी चालकले खुट्टामा जुत्ता नलगाइ चप्पल लगाए ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।  गाडी चालकले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021