मान्छेको जीवनभन्दा नियम ठूलो हुन सक्दैन : ज्ञानेन्द्र शाही

काठमाडौँ, ३० असार । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले संसदमा सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै नागरिकको जीवन र रोजीरोटीको संरक्षण राज्यको पहिलो दायित्व भएको बताएका छन् ।

आज संसदमा बोल्दै शाहीले सीमा (सिमाना) सम्बन्धी आफ्नो अडान यथावत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यस विषयमा संसदलाई जवाफ दिनुपर्ने माग गरे।

उनले पछिल्ला घटनाक्रम, ट्राफिक व्यवस्थापन, नागरिकमाथिको व्यवहार, उद्धार तथा स्वास्थ्य सेवा, साना व्यवसायीको रोजीरोटी र सरकारको जिम्मेवारीबारे प्रश्न उठाए।

शाहीले ‘हिजो सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो भन्नेहरू आज मान्छेको जीवनभन्दा नियम ठूलो भन्दैछन्’ भन्दै कुनै नागरिकलाई रोजीरोटीबाट वञ्चित गरेर आत्महत्याको अवस्थामा पुर्‍याउनु पनि हत्या सरहको अपराध भएको दाबी गरे । उनले आफूहरूले कहिल्यै पनि अव्यवस्थित सडक पार्किङको पक्षमा नबोलेको स्पष्ट पार्दै सामाजिक सञ्जालमा गलत प्रचार गरेर चरित्र हत्या गर्ने काम रोक्न आग्रह गरे।

उनका अनुसार आफूहरूले कानून हटाउन नभई सबैका लागि समान रूपमा लागू गर्नुपर्ने माग मात्र गरेका हुन्। शाहीले ट्राफिक नियम उल्लंघन गर्ने सर्वसाधारणमाथि कारबाही हुने भए पनि सीट बेल्ट नलगाई सवारी चलाउने प्रधानमन्त्री र गृहमन्त्रीमाथि किन कारबाही हुँदैन भनेर प्रश्न उठाए। ‘कानून सबैका लागि बराबर हुनुपर्छ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ । आज राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुबीच

काठमाडौँ, ३० असार । गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् । मिटरब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न

काठमाडौँ, ३० असार । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले संसदमा सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै नागरिकको जीवन र रोजीरोटीको संरक्षण राज्यको

काठमाडौँ, ३० असार । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले जनतामा नैराश्य बढेको भन्दै देश सङ्कटमा पुगेको बताएका छन् ।  आज प्रतिनिधि