नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु

एजेन्सी, ३० असार । नाइजेरियाको उत्तरी बेनु राज्यमा सप्ताहन्तमा भएको बन्दुकधारीको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनापछि आक्रोशित स्थानीयवासीले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् । 

स्थानीय बासिन्दा र अधिकारीहरूका अनुसार आइतबार बिहान ओटुक्पो स्थानीय प्रशासन क्षेत्रअन्तर्गत पर्ने ओटुक्पो–नोबी समुदायमा बन्दुकधारी समूहले आक्रमण गरेको थियो । स्थानीयका अनुसार बिहान करिब ३ः३० बजेदेखि ४ः३० बजेसम्म भएको गोलीकाण्डमा स्थानीयले फुलानी गोठालासँग आबद्ध समूहको संलग्नता रहेको आशंका गरेका छन् ।

यद्यपि, बेनु राज्य प्रहरीका प्रवक्ता उदेमे एडेटले घटनामा आठ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको जानकारी दिएका छन् । स्थानीयवासी र अन्य अधिकारीहरूले भने मृत्यु हुनेको संख्या कम्तीमा १८ पुगेको बताएका छन् । 

ओटुक्पो स्थानीय प्रशासनका प्रमुख म्याक्सवेल ओगिरीले दुई साताअघि गोठाला सङ्घका अध्यक्षको हत्या भएपछि उत्पन्न तनावसँग यो हिंसा सम्बन्धित हुन सक्ने बताएका छन् । घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू