इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु भयो : ट्रम्प

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत अमेरिकी समयानुसार राति ९ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिए । 

उनले यसअघि गत अप्रिलमा युद्धसम्बन्धी विषयमा राष्ट्रलाई सम्बोधन गरेका थिए ।

यसैबीच, ट्रम्प प्रशासनले इरानविरुद्ध अमेरिकी सैन्य गतिविधि पुनः सुरु भएको विषयमा अमेरिकी कंग्रेस (संसद्) लाई औपचारिक रूपमा जानकारी दिएको खुलेको छ ।

बीबीसीका अनुसार ट्रम्पले जुलाई १० मा अमेरिकी सिनेटका कार्यवाहक अध्यक्ष सिनेटर चक ग्रास्लीलाई पत्र पठाउँदै जुलाई ७ देखि अमेरिकी सैन्य कारबाही पुनः सुरु भएको जानकारी गराएका थिए ।

पत्रमा ट्रम्पले ती हवाई आक्रमणहरू रक्षात्मक प्रकृतिका रहेको र स्वदेश तथा विदेशमा रहेका अमेरिकी नागरिक तथा अमेरिकाको राष्ट्रिय हितको रक्षाका लागि सञ्चालन गरिएको उल्लेख गरेका छन् ।

अमेरिकाको ‘वार पावर्स रिजोल्युसन’ अनुसार राष्ट्रपतिले कंग्रेसको पूर्वस्वीकृतिबिना सैन्य कारबाही सुरु गरेमा ४८ घण्टाभित्र त्यसबारे कंग्रेसलाई औपचारिक जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ ।

यद्यपि, ट्रम्पले बिहीबार हुने राष्ट्रका नामको सम्बोधनमा यही विषय समेट्ने हुन् वा अन्य कुनै विषयमा बोल्ने हुन् भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू