भेरी नदीमा एक पुरुषको शव फेला

काठमाडौँ, ३० असार । जाजरकोटका एक पुरुषको भेरी नदीमा शव भेटिएको छ ।

मृत भेटिनेमा जुनिचाँदे गाउँपालिका-१ बस्ने वर्ष ४५ का कर्ण बहादुर रावत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुुसार, रावतको शव गुर्भाकोट नगरपालिका—११ बर्माघाटस्थित भेरी नदी किनारमा भेटिएको थियो ।

सोमबार बेलुका स्थानीयले टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी चौकी मेहलकुना, सुर्खेतबाट प्रहरी नायव निरीक्षक मनिष गुरुङको कमान्डमा ४ जनाको प्रहरी टोली घटनास्थल खटिएको थियो । शव पोस्टमार्टमका लागि मेहलकुना अस्पतालको शवगृहमा राखिएको थियो । मंगलबार उनका छोरा गणेश रावतले बुबाको सनाखत गरी शव बुझेका छन् ।

कर्ण बहादुर असार २५ गते आफ्नै घरबाट बाख्रा चराउन गएका थिए र त्यही बेला भीरबाट लडी खोलामा परेका थिए भने खोलाले बगाएर बेपत्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, २९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्वपूर्ण

तनहुँ, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताउनुभएको छ। आफ्नो निर्वाचन

काठमाडौँ, २८ साउन । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राज्यका प्रमुख निकायहरूलाई कमजोर बनाउँदै नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र

काठमाडौँ, २८ साउन । रोल्पाको थबाङ गाउँपालिका ५ बोटलबारा क्षेत्रमा पहिरामा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र