टीएसीएफपी कार्यक्रममा माछापुच्छ्रेको आबद्धता

 काठमाडौँ, ३ माघ । माछापुच्छ्रे बैंक र एसियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामअन्‍तर्गत कर्जा तथा ट्रेड सहयोगका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा एसियन डेभलपमेन्ट बैंक (एडीबी) का तर्फबाट ट्रेड एन्ड सप्लाई चेन फाइनान्स, प्राइभेट सेक्टर सञ्चालन विभाग सल्लाहकार तथा प्रमुख स्टेभन विक तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

सम्झौतापछि  माछापुच्छ्रे बैंकका कृषि क्षेत्र, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायलजस्ता विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायी ग्राहकहरुलाई अन्तर्राष्ट्रिय बजारमा ट्रेड तथा ग्यारेन्टीसँग सम्बन्धित कार्यमा सहज हुने बताइएको छ । माछापुच्छ्रे बैंकले एडीबीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक विकासमा ठुलो टेवा पुग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ ।  मृत्यु

वीरगञ्ज, १३ फागुन । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई बाराबाट प्रहरीले पक्राउ गरेको छ ।

सिरहा, १३ फागुन । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान सडेको अवस्थामा एक महिलाको शव फेला

मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021