समयमै निःशुल्क खोप उपलब्ध गराउन पहल

काठमाडौँ, २७ मंसिर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउने प्रक्रियामा भइरहेका प्रगति र पहलका विषयमा चासो व्यक्त गरेका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको खोप ल्याउन र भण्डारणमा रहेका समस्याबारे चासो राखेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा एमसीसी आबद्ध मन्त्रालयसँग छलफल भएको जानकारी दिए । उनले भने, “समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो । त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल ग¥यौँ ।”

बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि भइरहेका सम्बन्धित काम र कोभिड कोषको खर्च विवरण नागरिकलाई जानकारी गराउने निर्णयसमेत गरेको छ । उपप्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार अन्तर्राष्ट्रिय सीमा बिन्दुमा स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने र त्यसका लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवामा नियुक्त गर्नेबारेमा पनि बैठकमा छलफल भएको थियो ।

कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखापरेका केही व्यावहारिक कठिनाइलाई सम्बोधन गर्ने विषयमा समेत बैठकमा छलफल भएको जनाइएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको सहभागिता थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा

काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता